८ बैशाख २०८१, शनिबार 1713596651
शिक्षा /स्वास्थ्य

६७ जना सङ्क्रमित, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ६६२ जनाको पीसीआर परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार छ हजार २२० जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३६२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । शुक्रबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल छ हजार ९४७ जना सक्रिय सङ्क्रमित छन् ।