११ बैशाख २०८१, मंगलवार 1713930992
Banner

राष्ट्रपति एमालेलाई दिने सहमति कार्यान्व्यन हुनुपर्छ होइन भने प्रचण्डप्रति विश्वास रहँदैन : पुर्वमेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका पुर्व मेयर एवं नेकपा एमालेका नेता विद्या सुन्दर शाक्यले प्रचण्डले आफु प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेलाई दिने जुन सहमति गर्नुभयो त्यसको पालना गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रचण्डको प्रयासलाई अन्यथा ठान्न नहुने भन्दै शाक्यले एमालेले उठाएको उमेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयत्न हुन सक्ने बताउनुभयो । राष्ट्रिय सहमतिका नाममा अन्य दललाई राष्ट्रपतिमा समर्थन गरे सहमति विपरित र प्रचण्डप्रति नै विश्वास नरहने उहाँको तर्क थियो । पुर्व मेयर शाक्यले भन्नुभयो, ‘हिजो प्रचण्ड प्रधानमन्त्री बन्दैगर्दा बालकोटमा जुन सहमति भएको थियो त्यसको कार्यान्व्यन गरिनुपर्दछ होइन भने प्रचण्डप्रतिको विश्वास रहँदैन ।’ नेताले बोलेका कुरा त पुरा गर्न पर्छ यहाँ त सम्झौता नै गरिएको छ, त्यसमा प्रचण्डले इमान्दारीता देखाउनुपर्छ शाक्यले भन्नुभयो । यदि यो सहमति कार्यान्वयन भएन भने, महिना दिन पनि नटिक्ने सहमति कस्तो हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । यदि प्रचण्डले सहमति तोडे प्रधानमन्त्रीप्रति जनताको विश्वास रहदैन, उहाँजस्तो नेताले पत्याउने भुमिका खेल्नुपर्छ शाक्यले भन्नुभयो । देशबासी र सहकर्मिलाई धोका दिने काम नगर्न प्रचण्डलाई शाक्यको आग्रह थियो ।

फरक प्रसंगमा पुर्वमेयर शाक्यले बालेन शाहले नयाँ कार्य कुनैपनि अघि बढाउन नसकेको तर्क गर्नुभयो । डोजर चलाउनु मात्रै विकास नहुँने बताउनुहुँदै उहाँले आवश्यकताका आधारमा डोजर चल्नुपर्ने तर्क गर्नुभयो । अवैधानिक भन्दै मन लागेका स्थानमा डोजर चलाउनु राम्रो नभएको उहाँले बताउनुभयो । ‘कतिपय संरचनाले सार्वजनिक जग्गा मिचेका छन ती अनिधिकृत हो तर नक्सापास गरेका जग्गापनि अनधिकृत भन्दै भत्काउने काम भएको छ, त्यो ठिक भएन ।’ अध्ययनविना नै महानगरपालिकाले कतिपय स्थानमा संरचना अवैधानिक भन्दै भत्काएको देख्दा दुख लाग्ने गरेको उहाँले बताउनुभयो । ‘नक्सापास अनुसार बनाएको जग्गा अनधिकृत कसरी हुन्छ ? कस्ले कुन प्रकृया पुरयाएर गरयो थाहा भएन तर महानगरले जानकारी दिएर भत्काउनुपर्छ । जानकारी नदिए संरचना भत्काउँदा आवाज त उठछ नै ।’

शाक्य बताउनुहुन्छ,‘बालेन शाहले नयाँ के गर्नुभयो भन्न सक्नुहुन्छ ? अहिले जतिपनि कार्यक्रम भईरहेका छन ति त मेरा योजना हुन । हिजो हामीले ल्याएको महानगरपालिका भित्र बस्ने ज्येष्ठ नागरिकलाई १२ हजार भक्ता दिने कार्यक्रम हटाए, अब फेरिराख्दैछन भनेको सुन्दै छु, त्यो ज्येष्ठ नागरिकको हितमा हामीले बनाएको योजना थियो, अनि हिजो किन हटाएको ? यस्ता धेरै कार्यछन जुन हामीले अगाडि बढाएका थियौं उहाँहरुले हटाउँदै जानुभयो अब फेरि समेटन खोज्दै हुनुहुन्छ, त्यसमा आफुलाई खुसी नै लागेको छ तर नयाँ कार्यक्रम यो आयो भनेको चाहि सुन्न पाएको छैन, शाक्यले भन्नुभयो । काठमाडौं महानगरपालिकामा आफुले जति काम कसैले गर्न नसकेको उहाँको दाबी छ, ‘मैले जति काम काठमाडौं महानगरपालिकामा अरु कसैले गरेको छैन होला र गर्नपनि सक्दैन । मैले हल्ला खल्ला गरिन प्रचार प्रसारमा लागिन त्यो मेरो बानी थिएन, म आफनो काममा मात्रै फोकस भए र धेरै काम गर्न सफल पनि भए ।’