२१ बैशाख २०८१, शुक्रबार 1714750644
Banner

धनुषामा ६ जना थुनुवा भागे

जनकपुरधाम । धनुषामा ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका हुन् ।

उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीकाअनुसार दुईजना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् । उनीहरूको खोजी कार्य तीब्र बनाइएको धनुषा प्रहरीले बताएको छ ।