१३ बैशाख २०८१, बिहीबार 1714048127
Banner

पोखरामा एक युवाद्वारा आत्मदाहको प्रयास!

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ । पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् ।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।‘दुवैले शरीरमा आगो लागिरहेको बेला छिमेकीहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ,’ एक प्रत्यक्षदर्शीले भने । कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको एक स्थानीयले बताए ।