७ बैशाख २०८१, शुक्रबार 1713540203
Banner

अमरिकी कुटनीतिज्ञ आज नेपाल आउँदै

काठमाडौं । राजनीतिक मामिलाका जानकार अमेरिकी एक कुटनीतिज्ञ आज काठमाडौं आउँदै छिन् । परराष्ट्रका मन्त्रालयका अनुसार राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज काठमाडौं आउँदैछिन् । दुई दिनसम्म काठमाडौंमा रहने उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँग छलफल गर्नेछिन् ।

लामो समय कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेको अनुभव संगालेकि छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको सरकार बनाएपछि उनको यो काठमाडौं भ्रमण पहिलो हो । भ्रमणका क्रममा उनको समसामयिक विषयमा राजनीतिक भेटघाट हुने बताइएको छ ।