१२ बैशाख २०८१, बुधबार 1713961210
प्रदेश

मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा समस्या

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन ।

मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिनुभयो । यसअघि उहाँले आजसम्म विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभएको थियो । “आजसम्म मन्त्रिपरिषद् विस्तार गरौँला भन्ने थियो”, मुख्यमन्त्री यादवले रासससँग भन्नुभयो, “प्रदेश प्रमुख र मेरो समय व्यवस्थापनका कारण ढिला हुन गयो । अब आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।” बिहीबार विभागीय जिम्मेवारी पाउनुभएका मधेस प्रदेश सरकारका तीन मन्त्रीले जिम्मेवारी सम्हाल्नुभएको छ ।

नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजयकुमार यादवले आज अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।