७ बैशाख २०८१, शुक्रबार 1713512235
पालिका

बुढानिलकण्ठको विकासमा तुलनात्मक रुपमा अरुभन्दा हाम्रो वडा अगाडि छ : अध्यक्ष रवि खड्का

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रवि खड्काले बुढानिलकण्ठको विकासमा अरु वडाको भन्दा आफनो वडा तुलनात्मक रुपमा अगाडि भएको बताउनुभएको छ । निर्वाचन जितेपछिको आफनो मुख्य प्राथमिकता टोलवासीलाई स्वच्छ खानेपानी दिनु नै रहेको बताउनुहुदै उहाँले २०८० सम्म सवै वडावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्पूर्ण वडाबासीले शुद्ध खानेपानी पीउन पाउनु पर्छ भनेर खानेपानीको योजना प्रमुख प्राथमिकतामा राखिएको छ उहाँले भन्नुभयो त्यसका लागि खानेपानीका योजना दुत्र रुपमा अगाढि बढिरहेको खड्काको भनाई थियो ।

युवालाई स्वरोजगार बनाउने योजना अन्र्तगत विशेष गरि महिलालाई लक्षित गर्दै सावुन बनाउने र महिलाका लागि ड्राईभिङ्गको व्यवसायीक तालिम दिइने बताउनुभयो । महिलालाई आयआर्जनसँग जोड्ने उदेश्यले व्यवसायीक तालिम गराउन लागिएको उहाँको भनाई थियो । यूवा क्षेत्रमा स्वरोजगारका कार्यक्रम ल्याउने, बालबालिकाको शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको छु उहाँले भन्नुभयो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, यूवा स्वरोजगार, सामाजिक विकास, महिलालाई आत्मनिर्भर बनाउने लगायतका योजनाहरु आफनो प्राथमिकतामा रहेको खड्काको भनाई थियो । साथै आफनो वडामा रहेका ज्येष्ठ नागरिकको स्वास्थय उपचार, सेवा सुविधा, औषधी सहज उपलब्ध गराउने जस्ता कार्यमा पनि आफुले पहल गरिरहेको बताउनुभयो ।