८ बैशाख २०८१, शनिबार 1713642981
खेलकुद

अन्तर्राष्ट्रिय रेफ्रीको पदोन्नती

नेपाली सेनामा कार्यरत तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा पदोन्नति हुनुभएको छ । वल्र्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई पदोन्नतिको प्रमाणपत्र पठाएको छ । तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्षको समय लागेको उहाँले जानकारी दिनुभयो । तेक्वान्दोको ¥याङ्किङ प्रतियोगिता र रिफ्रेसर कोर्समा सहभागिता जनाई प्राप्त गरेको अङ्कका आधारमा ढकालको पदोन्नति भएको हो । तेस्रोबाट दोस्रो ¥याङ्कमा उक्लन कम्तीमा ८ अङ्क आवश्यक पर्छ ।

चार वर्षको अवधिमा उहाँले आठ वटा वल्र्ड ¥याङ्किङ प्रतियोगिता र २ रिफ्रेसर कोर्समा सहभागिता जनाइ १० अङ्क प्राप्त गर्नुभएको हो । नेपाली तेक्वान्दो खेलाडी ढकालले चीनको युसी सहरमा सम्पन्न १०४औँ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनारबाट अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाउनुभएको थियो । त्रिभुवन आर्मीमा आबद्ध उहाँले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थालेका ढकाल चौथो डान हुनुहुन्छ । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उहाँ पहिलो हुनुहुन्छ । अहिले ढकाल भक्तपुरस्थित सैनिक स्कुलमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्छ । चीनको वुहानमा विस २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।

ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयकमा समेत घोषित हुनुभएको थियो । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दाबढी मुलुकका निर्णयक सहभागी थिए । यसअघि नेपालमा सम्पन्न साउथ एशियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक भइसक्नुभएको छ ।