१४ बैशाख २०८१, शुक्रबार 1714119420
राजनीति

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाडौं । अखिल नेपाल महिला संघले संगठन सुदृढीकरण सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला सम्पन्न गरेको छ । यहि माघ १० र ११ गते सम्पन्न कार्यशालामा देश भरका जिल्ला इन्चार्ज, अध्यक्ष, विभागीय प्रमुख, अभियान कमिटीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यशालामा सहभागीहरुले सातौँ राष्ट्रिय सम्मेलनको नारा तय गर्नका लागि छलफल गर्नुका साथै अनेमसंघ केन्द्रीय सदस्यका लागि मापदण्ड तय गरेको छ । साथै अनेमसंघको १४ बुँदे कार्यक्रमको पुनरावलोकन, अनेमसंघको सातौ राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि कार्ययोजना लगायतका नीति र कार्यक्रम माथी छलफल गरेको थियो ।