१९ बैशाख २०८१, बुधबार 1714594621
Banner

वागमतीका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ

मकवानपुर – बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय-गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय-युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रालय-कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय-केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय-एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय-रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय-डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय-राजु बिष्टलाई शपथ ग्रहण गराउनु भएको हो ।

यसअघि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय-शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालय-जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय-उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएको छ।