७ बैशाख २०८१, शुक्रबार 1713585132
Banner

संसद् भवनअगाडि हिजो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो । आत्मदाह प्रयास गरेका युवकको ८० प्रतिशत शरीर जलेको थियो।

राष्ट्रिय सभामा सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडी निस्किएकै समयमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।