६ बैशाख २०८१, बिहीबार 1713444566
पालिका

विवादमा बालेन शाह : सामाजिक सञ्जालमा प्रश्न उठाउने लाई आक्रामक जवाफ फर्काउँदै, दीपकराज गिरीलाई पनि छोडेनन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा धेरै दिनदेखि जुन सुकै व्यक्तिसँग पनि जुहारी खेल्न थालेका छन्। केही समय अघि मात्र चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका बालेन फेरि हाँस्य कलाकार दीपकराज गिरीको वालमा लेखेको कमेन्टले आलोचना खेपी रहेका छन्।

हाँस्य कलाकार गिरीले बालेनको समर्थनमै स्टाटस लेखेका थिए। तर, के बुझेर हो या नबुझेर बालेनले त्यसमा पनि आक्रोशित भाव व्यक्त गरेका छन्।

गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं। अब रवि, बालेनहरु आएका छन्। उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं।’

यहि स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन्।

उनले गिरीको लेखमा जवाफम दिएका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ? ’

जनप्रतिनिधिलाई सर्वसाधरणले सोधेको प्रश्नमा आक्रोषित भएर जवाफ फर्काएको भन्दै मेयर साहको चौतर्फी बिरोध भईरहेको छ । मेयर साह पछिल्लो समय जथाभावी डोजर चलाएको भन्दै विवादित बनेका छन् ।

काठमाडौंको मेयर बनेर आइसकेपछि उनले गर्छु भनेर थालेका काम कुनैपनि पुरा भएका छैनन् । कामको शुरुवात गर्ने तर पुरा नगर्ने उनको स्वभावका कारण हिजोआज उनीमाथी प्रश्न उठन थालेका छन तर प्रश्नकर्तासँगै उल्टै जुहारी खेलेर बस्ने बालेनका कारण उनी थप आलोचित बन्दै गइरहेका छन । घमण्ड र अहंकार बढदै गएका कारण मेयर बालेनमा बच्पना देखिएको निर्देशक भण्डारी बताउँछन । मेयर बालेनको बढदै गएको विवादका कारण पछिल्लो समय भेट गर्न पुगेका डा.सन्दुक रुईतले समेत बालेनलाई सामाजिक सञ्जालमा जवाफ नर्फकाउन सुझाब दिएका थिए । तर वालेनले यस्ता सुझावलाई अटेर गर्दै आइरहेका छन् ।