७ बैशाख २०८१, शुक्रबार 1713524170
Banner

झुण्डिएको अवस्थामा युवक युवती भेटिए

काठमाडौं । झापामा युवक र युवती मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु आज बिहान कचनकवल गाउँपालिका ४ केचनामा मृत भेटिएका हुन् । एभरेष्ट चिया बगानमा झुण्डिएको अवस्थामा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

युवा २५ र युवती १८ वर्षकी छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।