१३ बैशाख २०८१, बिहीबार 1714072772
राजनीति

सातौँ रास्ट्रीय सम्मेलनको तयारीमा अनेमसंघ

काठमाडौं । अनेमसंघ सातौँ रास्ट्रीय सम्मेलनको तयारीका लागि गठित उपसमितिहरुको बैठक सम्पन्न भएको छ ।

आइतबार अनेमसंघको कार्यालय शान्तिनगरमा बसेको बैठकले सर्मिला कार्कीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, बालिका गिरीको संयोजकत्वमा संस्कृतिक कार्यक्रम व्यवस्थापन र सरिता न्यौपानेको संयोजकत्वमा यातायात व्यवस्थापन तयारीको लागि महत्वपूर्ण छलफल तथा निर्णय गरेको थियो । उक्त बैठकमा अनेमसंघ सातौँ रास्ट्रीय सम्मेलन आयोजक कमिटीका संयोजक थम माया थापा तथा सचिव सुजिता शाक्यले सम्मेलन तयारीका सन्दर्भमा आवश्यक निर्देशन पनि दिनुभएको थियो ।

अनेमसंघले चैत्र २५ र २६ गते काठमाडौंमा सातौँ राष्ट्रिय सम्मेलन गर्दैछ ।