८ बैशाख २०८१, शनिबार 1713613869
Banner

सर्वोच्च अदालतमा पाँच महिनापछि आज संवैधानिक इजलास बस्दै 

काठमाडौँ । सर्वोच्च अदालतमा पाँच महिनापछि आज संवैधानिक इजलास बस्ने भएको छ । 

स‌ंवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आज नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधवार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन ।

फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएर उहाँ निलम्बनमा परेसँगै १० न्यायाधीश बीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लाग्नुभएको हो ।