६ बैशाख २०८१, बिहीबार 1713454206
खेलकुद

नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले जित्यो

काठमाडौं । नेपाल खेलकुद महासंघ वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवन जिल्लाले जितेको छ ।

शनिबार रामेछापको मन्थलीमा भएको फाइन खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई २५–१८, २५–१८ र २५–२३ को सोझो सेटमा हराएको हो ।

खेलको विजेता बन्दै चितवनले २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बन्ने रामेछापले १ लाख रुपैँया नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा धादिङलाई हराउँदै सिन्धुपाल्चोक तेस्रो भएको थियो । सिन्धुपाल्चोकले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । चौथो स्थान प्राप्त गरेको धादिङले ३० हजार नगद पुरस्कार पाएको छ।

विजयी खेलाडीलाई नेकपा एमाले स्थाईकमिटी सदस्य तथा जन संगठन समन्वय संयन्त्रका संयोजक एंवम पूर्व मन्त्री भानुभक्त ढकाल र नेकोसका संयोजक पर्शुराम बस्नेत लगायत नेकोस स्थाई कमिटी सदस्यहरु धर्म लामा ,तिर्थ बहादुर खड्का ,रामकृष्ण खड्का, उज्जवल सुबेदी शान्तमाया परियार र प्रभात कट्टुवालले नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।