१९ बैशाख २०८१, बुधबार 1714619512
पालिका

काठमाडौं महानगरपालिकाको कामप्रति प्रश्न उठ्न थालेपछि आक्रोषमा आए बालेन, प्रश्नकर्तासँगै दोहोरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति पछिल्लो समय असन्तुष्टि व्यक्त गर्नेको संख्या बढ्दै गइरहेको छ । काम भन्दापनि सस्तो लोकप्रियताका लागि मेयर साहले डोजर आतंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । महानगरपालिकाले गर्नुपर्ने अनेकौं भौतिक पुर्वाधारका काम भएपनि काम नगर्ने र थालेका कामपनि अलपत्र पार्ने काम भइरहेको उनीमाथी आरोप छ । मेयर साहले शहरी विकासका लागि ल्याएका कार्यक्रम कुनै पनि पुरा गर्न सकिरहेका छैनन । यिनै उठेका बिषयलाई आम सर्वसाधरणको तर्फबाट कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले शुक्रबार सामाजिक सञ्जालमा प्रश्न राखे । मेयर साहले बनाउन नजाने तर भत्काउन मात्रै जान्ने भन्दै लेखेको प्रश्नमा मेयर बालेन साह आक्रोषमा आएका छन् । भण्डारीले रक्षक नै भक्षक भएको भन्दै मेयर साहविरुद्ध प्रश्न उठाउँदै केही प्रश्नको जवाफ मागेका थिए । मेयर साहले भण्डारीले पोष्ट गरेको स्टाटसमा अमर्यादित जवाफ दिएका छन् । आफनै व्यक्तिगत अकाउन्टबाट मेयर साहले भण्डारीलाई धम्कीको भाषा प्रयोग गदै लेखेका छन्,‘ तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’

उनको यो जवाफले निर्देशक भण्डारी चकित छन् । उनले आफूले मेयर साहबाट यसप्रकारको जवाफको अपेक्षा नगरेको बताए ।

उनको यो जवाफ पछि भण्डारीले प्रश्न सोध्न पाईदैन ? भन्दै अर्को प्रश्न गरेका छन् । त्यसको पनि जवाफमा निर्देशक भण्डारीलाई मादक पदार्थ सेवन गरेर स्टाटस लेखेको आरोप समेत लगाएका छन् । निर्देशक भण्डारी र मेयर साहबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी नै चलेको छ। जनप्रतिनिधिलाई सर्वसाधरणले सोधेको प्रश्नमा आक्रोषित भएर जवाफ फर्काएको भन्दै मेयर साहको चौतर्फी बिरोध भईरहेको छ । मेयर साह पछिल्लो समय जथाभावी डोजर चलाएको भन्दै विवादित बनेका छन् ।

काठमाडौंको मेयर बनेर आइसकेपछि उनले गर्छु भनेर थालेका काम कुनैपनि पुरा भएका छैनन् । उनले शुरुवात गरेको अनधिकृत पार्किङ्ग बन्द गर्ने र व्यबस्थित पाकिङ्ग बनाउने काम अहिले सम्म अलपत्र परिरहेको छ । त्यस्तै फोहोर कुहिने नकुहिने छुटयाउने कुरापनि कुरामै सिमिति छन् । उनले थालेको अर्को अभियान सडक र सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउने काम पनि अघि बढ्न सकिरहेको छैन । नर्भिक हस्पिटलमा डोजर चलाउने कामको पनि शुरुवात मात्रै भयो तर अगाडि बढन सकिरहेको छैन । त्यस्तै उपत्यकाको सार्बजनिक यातायात ब्यबस्थित गर्ने कामपनि अलपत्र छ । नीजि शौचालयलाई सार्वजनिक गर्ने योजना, टुकुचामा डोजर लगाउने, फुटपाथमा पसल थाप्न बन्द गर्ने, सडकका खाल्डा खुल्डी पुर्ने लगायतका काम त्यसै अलपत्र बनेपछि मेयर साह प्रश्नको घेरामा छन् । जनताले सोधिरहेको प्रश्नबाट भागिरहेका बालेनलाई फेसबुकमा जुहारी खेलेको देख्दा भगवानलाई प्रश्न गर्न पाईदैन भन्दै खिल्ली उडाउने बढिरहेका छन् । थालेका काम पुरा नगर्ने भन्दै जनप्रतिनिधिलाई गरेको प्रश्नमा झोंक्किए होइन गम्भिर रुपमा लिन सर्वसाधरणले साहलाई आग्रह गरेका छन् ।