१३ बैशाख २०८१, बिहीबार 1714037780
पालिका

बढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीद्धारा च्यासिनडोल कवर्ड हलको शिलान्यास

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा च्यासिनडोल कवर्ड हल शिलान्यास गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा खेलकुद र खेलाडीहरुको विकास र प्रवर्धनका लागि निर्माण हुन् लागेको सो कवर्ड हलको नगर प्रमुख मिठाराम अधिकारीले शिलान्यास गर्नुभएको हो ।

उक्त कवर्ड हल शिलान्यास कार्यक्रममा निवर्तमान प्रदेस सभा सदस्यहरु दीपक निरौला र भीमसेन खत्री संगै विभिन्न वडाका अध्यक्षहरु तथा वडा नं ६ का सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरुले कवर्ड हल निर्माण सम्पन्न भए संगै वडामा खेलकुदका गतिविधिहरुले तीव्रता पाउने विस्वास व्यक्त गरेका थिए ।