१३ बैशाख २०८१, बिहीबार 1714103142
अर्थ

बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा एमाले उम्मेदवार राजेन्द्र भण्डारी निर्वाचित

काठमाडौं । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा नेकपा एमाले निकट प्रगतिशील बैदेशिक रोजगार मञ्चका उम्मेदवार राजेन्द्र भण्डारी निर्वाचित हुनुभएकोछ । मतगणनाको परिणामअनुसार भण्डारी ४२ मतले पछि पार्दै संघको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

भण्डारीले नेपाली कांग्रेस निकट भुवनसिंह गुरुङलाई पराजीत गर्नुभएको छ । भण्डारीले १९९ मत प्राप्त गरी बिजयी हुँदा गुरुङले १५७ मत पाउनु भएको छ । यस्तै अर्का उम्मेदवार कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत पाउनुभएको छ ।

यस्तै प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री ९कुमार० द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा पनि एमाले निकटकै सरिता घले निर्वाचित हुनुभएको छ । महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा राजेन्द्र बस्नेत, बिक्रम श्रेष्ठ, देविमाया थापा, बैंकुण्ठप्रसाद पौड्याल बैभव, कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित हुनुभएको छ ।