२४ बैशाख २०८१, सोमबार 1714998295
Banner

प्रतिनिधिसभाले आज उपसभामुख पाउने, रानामगर र यादव प्रतिस्पर्धामा

काठमाडौं । प्रतिनिधिसभामा आज उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ । दिउँसो १ बजे हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुहुने सांसद इन्दिरा रानामगर र नेपाली काँग्रेसकी नेतृ मुक्ता कुमारी यादवले उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुभएको छ ।

रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसद मुक्ताकुमारी यादवले प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी हुनुहुन्छ ।

रास्वपालाई सत्तारुढ गठबन्धनको समर्थन रहेका कारण राना उपसभामुख बन्ने निश्चित छ । काँग्रेसका यादवलाई सत्ता गठबन्धन बाहिर रहेका दलको समर्थन रहेको छ ।

प्रतिनिधिसभा सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसक्नुभएको छ ।