८ बैशाख २०८१, शनिबार 1713592399
Banner

७० जना कोरोना संक्रमित थपिए, तीनको मृत्यु

पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार चार हजार ९२४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल सात हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् ।