७ बैशाख २०८१, शुक्रबार 1713544548
पालिका

सोनाम ल्होसारको अवसरमा बुढानिलकण्ठ नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने


काठमाडौं । सोनाम ल्होसारको अवसरमा बुढानिलकण्ठ नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । बुनपामा आज आयोजित कार्यक्रममा उपमेयर अनिता लामाले ल्होसारका अवसरमा सांस्कृतिक झाकीसहित १३ वटै वडामा रहेका तमु, गुरुङ्ग, तामाङ्ग र शेर्पा समुदायको पहिचानसँगै सांस्कृतिक झाकीको प्रस्तुतीकरण रहने बताउनुभयो । भाषा, पर्व, संस्कृति मुख्यतः समुदायको पहिचानसँग सम्बन्धीत भएकाले यसको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र नीतिगत सुनिश्चितताकालागि सबैले आवाज बुलन्द गर्नुपर्ने उहाँको भनाइ थियो । सोनाम ल्होसारका अवसरमा खाना, भेषभूषा, कला संस्कृतिल प्रदर्शनी पनि गरिने उहाँले बताउनुभयो । सोनाम ल्होसारका दिन विहान ११ बजे सांस्कृतिक प्रदर्शनीसहित बिभिन्न स्थानबाट प्रर्दशनसहित रयाली निस्कने र १ बजेबाट गोल्फुटारको वडा नम्बर ८ मा रहेको बास्केटबल खेल्ने मैदानसँगैको फुटबल ग्राउण्डमा औपचारिक कार्यक्रम गरिने उपमेयर लामाले बताउनुभयो । कार्यक्रममा बुनपा वडा नम्बर १० अध्यक्ष नवराज भटटराई, बुनपा वडा नम्बर ८ का अध्यक्ष सुमन तामाङ्ग, ६ का वडा अध्यक्ष रवि खड्का र २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थिती रहेको थियो ।

मञ्जुश्री पात्रो अनुसार सोनाम ल्होसारमा बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।
सोनाम ल्योहारका अवसरमा सरकारले सार्वजनिक विदापनि दिएको छ ।