४ बैशाख २०८१, मंगलवार 1713263461
Banner

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेछ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बनुहुनेछ ।’प्रचण्डले यस विषयमा सकारात्मक जवाफ दिनुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा शर्माले जवाफ दिए, ‘अहिलेलाई यतिमात्रै कुरा गरौं । धेरै टिप्पणी गर्नु उचित हुँदैन । किनभने अहिले हामी सभामुखको चरणमा छौं । सभामुखको चरण सकिएपछि राष्ट्रपतिको चरण जब आउँछ, त्यसपछि थाहा हुन्छ । यसका लागि समय लाग्छ ।’

उनले थपे, ‘शीतल निवासमा नेपाली कांग्रेसले प्रस्तावित गरेको व्यक्तित्व राष्ट्रपतिको रूपमा तपाईंहरूले देख्नुहुनेछ ।’