१३ बैशाख २०८१, बिहीबार 1714027222
Banner

भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको विवरणलाई दिल्लीले गर्यो अस्वीकार

किभ–भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको भन्ने रुसी विवरणहरुलाई दिल्लीले अस्वीकार गरेको छ ।

विद्यार्थीहरुलाई युक्रेनी सशस्त्र फौजले ‘मानव ढाल’ बनाएको र उनीहरुलाई रुसी भूमिमा जानबाट रोक्न हरेक उपाय गरिएको रुसले दाबी गरेको थियो ।

तर, बिहीबार सार्वजनिक भएको विज्ञप्तिमा भारतीय विदेश मन्त्रालयले युक्रेनमा ‘कुनै पनि विद्यार्थीलाई बन्धक बनाएको रिपोर्ट प्राप्त नभएको’ जनाएको छ । भारतीय विद्यार्थीलाई युक्रेनको दोस्रो ठूलो सहर खारकिभबाट बाहिर जान सहयोगको लागि विशेष रेलको व्यवस्था गर्न भारतले युक्रेनी अधिकारीहरुसँग सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।

हजारौं भारतीय विद्यार्थी अझै पनि खारकिभमा अलपत्र परेका छन् ।