४ बैशाख २०८१, मंगलवार 1713284557
अर्थ

तोलामा ९९ हजार नौ सय पुग्यो सुनको भाउ

नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।