१२ बैशाख २०८१, बुधबार 1713977333
Banner

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । पुस २५ मा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका शालिकराम जम्कट्टेलले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् । त्यसका लागि दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

बैठकमा मुख्यमन्त्रीले जम्कट्टेलले विश्वासको मत लिने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेल ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।