१३ बैशाख २०८१, बिहीबार 1714079567
Banner

विमान दुर्घटनामा २० जनाको शव भेटियो

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।

हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। शवहरू डढेको अवस्थामा फेला परेका छन् । बाँकी यात्रुहरु पनि जीवित हुने सम्भावना कम रहेको केसीले बताए । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए। विमानको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।