७ बैशाख २०८१, शुक्रबार 1713539154
Uncategorized

उदयपुरमा टिपरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा आज बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १– ०२–००१ क ३८९६ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा स १० प ८७९८ नम्बरको मोटरसाइकल आज बिहान ९ बजे सोही टिपरमा ठोक्किँदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१ जोगिदहका २६ वर्षीय गंगाराम चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा पछाडी सवार २५ वर्षीया संगिता चौधरीलाई उपचारका लागि फत्तेपुर अस्पताल पठाइएको छ ।

टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरले नियन्त्रणमा लिएको छ ।