८ बैशाख २०८१, शनिबार 1713610677
Banner

वर्षमान पुनको स्वास्थ्यमा समस्या, सुमेरु अस्पतालमा भर्ना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । पुनलाई अहिले ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज रोल्पामा रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिएको हो ।

पुन वंशाणुगत जन्डिसबाट पीडित छन् । पछिल्लोपटक उनी चीनमा स्वास्थ्योपचार गराएर यही पुस ५ गते स्वदेश फर्किएका थिए ।