१३ बैशाख २०८१, बिहीबार 1714053612
Banner

बागमती प्रदेशमा उपसभामुखका लागि तीन जना महिलाको उम्मेदवारी दर्ता

हेटौंडा : बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको  निर्वाचनको लागि दलगतरूपमा तीन जनाले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार छन्। गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसको तर्फबाट सुना परियार र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिएका हुन्। 

प्रदेशसभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। प्रदेशसभामा हालः विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य छन्।