७ बैशाख २०८१, शुक्रबार 1713516436
राजनीति

घनश्याम भुषाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । तत्कालिन नेकपा (एमाले) का नेता घनश्याम भुषाल आज नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्दैछन् । पार्टी प्रवेशबारे उनले आज शुक्रबार २ बजे पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका छन् ।

नेकपा एसका एक नेताका अनुसार उनलाई पार्टीको महासचिवको जिम्मेवारी दिने करिब सहमति बनेको छ । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा एमाले नेता छविलाल विश्वकर्माबाट पराजित भएपछि ओझेलमा परेका नेता भुषाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको सो दलले जनाएको छ ।