१३ बैशाख २०८१, बिहीबार 1714026598
राजनीति

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेमसंघले बृहत सभाको आयोजना गर्ने

काठमाडौं । ‘१ सय १२ र्औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ सफल पारौं, समृद्ध नेपाल निर्माणका लागी स्थानीय तहको प्रमुख पदमा महिलाको समान सहभागिता सुनिश्चित गरौं।’ भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघले श्रमिक महिला दिवसको अवसरमा बृहत सभाको आयोजना गर्ने भएको छ ।

अनेमसंघद्धारा आज आयोजित कार्यक्रममा फागुन २४ गते काठमाडौंको बसन्तपुरमा श्रमिक महिलाको भव्य भेलाको आयोजना भएको जानकारी दिएको हो । कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सचिव सुजिता शाक्यले ८ मार्चलाई लक्षित गदै २४ गते ११ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर बसन्तपुरसम्म रयाली गरिने र त्यहा कार्यक्रमको आयोजना गरिएको बताउनुभएको हो ।

महिला हिंसा अन्त्यका लागि २४ गते महिलाहरुले आफनो शक्ति देखाउने अनेमसंघले जनाएको छ । ८ मार्चकै सन्दर्भमा आजैबाट अखिल नेपाल महिलासंघले साप्ताहीक कार्यक्रमको शुभारम्भ गरेको जनाएको छ । जसअन्र्तगत सभा, सम्मेलन रयाली जुलुस निकालिने बताएको छ ।