१३ बैशाख २०८१, बिहीबार 1714031368
Banner

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश [पूर्णपाठ]

काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए । उनलाई विदेश जान भने रोक लगाइएको छ । उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

यस्तो छ अदालतको आदेशको पूर्णपाठः