१३ बैशाख २०८१, बिहीबार 1714108186
Banner

सन्दीप लामिछाने भोलि २० लाख रुपैंया धरौटी तिरेपछि रिहा हुने

काठमाडौं -जबरजस्ती करणीको मुद्धा लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुनु भएको छ ।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने हुनुभएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

लामिछानेले भोलि २० लाख रुपैंया धरौटी तिरेपछि रिहा हुनुहुने भएको छ ।