१३ बैशाख २०८१, बिहीबार 1714086906
Banner

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री र अध्यक्ष ओलीबीच अहिले छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाउनु भएको छ।

सत्ता साझेदार दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिनुभएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । वुधबार साँझ पनि प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल भएको थियो ।