९ जेष्ठ २०८१, बुधबार 1716413253
Banner

प्रदेश-१ को सभामुखमा बाबुराम गौतम सर्वसम्मत निर्वाचित

बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । 

सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएको थियो । उहाँ ओखलढुंगा प्रदेशसभा २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।