८ बैशाख २०८१, शनिबार 1713640218
Banner

२४ घण्टामा १२३ सङ्क्रमित थप, तीनको मृत्यु

पछिल्लो २४ घण्टामा १२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार छ हजार ८७४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १२७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा तीन लाख पाँच हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल सात हजार ७७०जना सक्रिय सङ्क्रमित छन् ।