१३ बैशाख २०८१, बिहीबार 1714097101
Banner

बागमतीका मुख्यमन्त्री जम्कट्टेले माघ ३ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका जमकटेलले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने हुनुभएको हो ।

२५ गते नियुक्त मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हाल्नुभएको छ ।