१३ बैशाख २०८१, बिहीबार 1714101384
प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने भएका छन्। 

सोमबार मुख्यमन्त्री नियुक्त भएका अधिकारीले चार दिनमै विश्वासको मत लिने भएका हुन्। अधिकारी प्रदेशमा रहेका पाँच दलमध्ये चार दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। 

प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने विषय जानकारी गराएका थिए। 

यस लगतै मुख्यमन्त्रीले विश्वासको मत लिने आवश्यक प्रक्रियाका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए। 

प्रदेश सभा सचिवालयले २९ गते मुख्यमन्त्रीले विश्वासको मत लिने गरी कार्यसूचीमा राख्ने व्यवहोराको पत्र मंगलबार नै सचिवालयमा आएको जनाएको छ।