१३ बैशाख २०८१, बिहीबार 1714093185
Banner

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

हेटौंडा – माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  

उहाँलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ ।