१९ जेष्ठ २०८०, शुक्रबार 1685725188
Banner

दुर्घटना अपडेट : भारतबाट कैलाली आइरहेको बस दुर्घटनामा १४ नेपालीको मृत्यु

धनगढी : भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। भारतीय प्रहरीले दिएको जानकारी अनुसार भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउ (उन्नाउ) मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो। ज्यान गुमाउने सबै नेपाली हुन्।

मृतकमध्ये एक टीकापुर नगरपालिका–१ का चन्द्रबहादुर साउद रहेको र उनका परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ।  उनीबाहेक मृतक अन्यको भने पहिचान खुल्न सकेको छैन। 

बस भारतको गुजरातबाट नेपाली यात्रु लिएर टीकापुर आइरहेको थियो। बसलाई विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारीसाधनले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ।