१९ बैशाख २०८१, बुधबार 1714618936
Banner

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरूको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।

प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश १ मा सबैभन्दा ठुलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् । शीर्ष नेताहरुबीच भागबण्डा नमिलेकाले प्रदेश प्रमुखसमक्ष कसले दाबी प्रस्तुत गर्ने भन्ने विषय अन्यौल छ । यद्यपि प्रदेश १ मा सबैभन्दा ठुलो दल एमाले भएकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ ।

यसैगरी बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ ।