१३ बैशाख २०८१, बिहीबार 1714060495
खेलकुद

सहिद स्मारक बी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन्। बिहान साढे ९ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो खेलमा पौने १ बजे बाँसबारी क्लब र सरस्वती क्लब आमने–सामने हुनेछन्।

अपराह्न ४ः०० बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगञ्ज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ।