२० माघ २०७९, शुक्रबार 1675474169
Banner

भावी राष्ट्रपतिको चयन, चासो र चिन्ता

जात, थर र गोत्रीय अति संकीर्ण ब्रह्मण भए म राष्ट्रपतिमा पोखरेलथरि उम्मेद्वारकै पक्षमा भित्तो भएर लाग्ने थिएँ । तर आफू त्यस्तोमा परिएन । प्रदीप नामका नेपाल थरी बाहुनले झैँ नेपालथरि नेताको पुच्छर बनेझैँ बन्न इमान र इज्जतले दिएन । जीवनको अधिक समय देश, जनता तथा वर्गपक्षधर भएर लागेको र पाएको गौरवशाली पहिचान नेपाल थरि नेताका खातिर बलिदान गर्न सकिन्न । आजीवन जननेता मदन भण्डारीको बखान गरेर कहिल्यै नथाक्ने तर तिनै भण्डारीको चिहान खन्न आफूलाई अघि सर्नु पनि छैन र परेन पनि । त्यसैले जात,थर,गोत्र,वंश र अंश जस्ता तुच्छ कुरामा लाग्न सकिन्न र सकिएन । मानिस ठूलो दिलले हुन्छ भन्ने मै परियो । यसै पनि जात, थर र गोत्रका आधारमा गरिएको विभाजन नै सर्वथा गलत छ । तर कतिपय बाहुनहरुमा पनि कतै घटी वा बढी संकीर्णता मैले नै महशुस गरेकै छु तर आफू त्यस भन्दा माथि हुने प्रयत्नमा रहेकै छु ।

शिव र पार्वतीको प्रणयबाट जन्मिएका हामी मानव सन्तति कुन जात, जाति र संस्कृति समुदायका हौँ, कसैले पर्गेल्न सक्छ ? अहिले लिम्बू, राई, ब्राम्हण आदि नानाथरि विभाजनमा कुनै तुक छैन । शास्त्रले पनि जन्मँदा जो पनि शूद्र वा संस्कारहीन हुन्छ तर त्यही मानिस खास किसिमको अनुृशासन, ब्रत र नियममा आवद्ध भए पछि वा ब्रतबन्ध गरेर वा शिक्षादीक्षा तथा संस्कारले जो कोही मानिस द्विज हुन्छ भन्छ । यसरी शूद्रबाट संस्कारित भई दोस्रो जन्म हुन्छ, भनिएको हो । पूर्वका व्यास भनेर चिनिनु भएका पं.छविलाल पोखरेलले राईलिम्बू लगायत अनेक जात जाति समुदायका व्यक्तिहरुको ब्रतबन्ध गरिदिनु भयो । त्यसैले सतही रुपमा हेर्ने कुरा र गौर गरेर हेर्ने कुरा फरक हुन्छ ।

योग्यता क्षमता र आजीवन देश र जनताका लागि इमान्दार रुपमा संघर्ष गरेको कुरा अहं महत्वको मात्रै होइन सर्वोपरि महत्वको विषय हुन्छ । त्यसैले पनि आफ्रू नाक, नश्ल, जात, भात आदि कुनै खालको संकीर्णता विरुद्ध भएको यो लेखकले भावी राष्ट्रपतिका लागि सत्य तथ्य र यथार्थ विश्लेषण गर्न चाहेको छ । आगामी राष्ट्रपति निर्वाचनमा अनेक नाम प्रचारमा देखिँदा यस लेखकलाई पनि राय बझाउन मन लागेको हो । अहिले नै सर्वसम्मत वा एक नाम आएको भए त्यसमा बोल्नु पर्ने खण्ड नै थिएन तर जहाँ जहाँ खाली, त्यही जाली हान्ने संस्कार देखिएकाले वा बहुनाम आएकाले राय त बाझ्नै नै भयो ।

देशको समग्र अभिभावत्व निर्वाह गर्ने, संविधानको संरक्षक र पालक राष्ट्रपति आजीवन निष्कलङ्क छविको हुनुपर्छ । उसको जीवनमा कुनै पनि खाले दोष, कल्मष र कलंक हुनुहुँदैन । यदि यस्तो भयो र भएको रहेछ भने भोलिका दिनमा त्यो भारी आलोचनाको विषय बन्नेछ । फेरि हामी नेपालीमा प्रायः भोलि र भविष्यका लागि पनि सुरुदेखि नै इमान्दार छवि निर्माण गर्नु पर्छ भन्ने चेतको अभाव छ । किनभने धेरै परसम्मको उ्देश्य राखेकै हुदैनौ । अध्यक्ष ओलीले भनेझैँ आफूले फालेको ढुङ्गो जहाँ पुग्छ , त्यसैलाई लक्ष्य ठान्ने संस्कारमा हामी रहेका छौँ ।

देशको समग्र अभिभावत्व निर्वाह गर्ने, संविधानको संरक्षक र पालक राष्ट्रपति आजीवन निष्कलङ्क छविको हुनुपर्छ । उसको जीवनमा कुनै पनि खाले दोष, कल्मष र कलंक हुनुहुँदैन । यदि यस्तो भयो र भएको रहेछ भने भोलिका दिनमा त्यो भारी आलोचनाको विषय बन्नेछ । फेरि हामी नेपालीमा प्रायः भोलि र भविष्यका लागि पनि सुरुदेखि नै इमान्दार छवि निर्माण गर्नु पर्छ भन्ने चेतको अभाव छ । किनभने धेरै परसम्मको उ्देश्य राखेकै हुदैनौ । अध्यक्ष ओलीले भनेझैँ आफूले फालेको ढुङ्गो जहाँ पुग्छ , त्यसैलाई लक्ष्य ठान्ने संस्कारमा हामी रहेका छौँ ।

यस्ता विषयमा मूल अभिभावक बहुत जिम्मेवार र होसियार हुनुपर्छ । एउटा गलत निर्णंयले आजीवन पछुताउनु पर्ने हुनसक्छ । देशको संगीन र सर्वोपरि विषयमा फैसला गर्दा धेरै कुरामा विचार पु¥याउनुपर्छ । सकेसम्म विवाद नै नहुने वा अत्यन्त कम हुने खालका निर्णयले मात्र जनताको मन जित्न सकिन्छ । यस्तो खालको निर्णय गरियोस् जसबाट आधा आकास मात्र होइन आधा धर्ती पनि खुसी होस् । वर्तमान राष्ट्रपति विद्या भण्डारीको गरिमामय पद र तदनुसारको उच्च स्तरको गहन जिम्मेवारीले नेपाल मात्र होइन विश्व स्तरमै सकारात्मक चर्चा पायो । यस्तो दुरदर्शी निर्णय ओली बाहेक पितृसत्तात्मक सोचका नेताहरुले किमार्थ गर्ने थिएनन् । योग्य स्थानमा योग्य मात्रै होइन, योग्यतमलाई चयन गर्नु पर्छ । प्रतिशतका हिसावले ६ प्रतिशत र ९६ प्रतिशत कुन महत्वपूर्ण हो भन्ने कुरालाई सर्वाधिक ख्याल गर्नु पर्छ । बहुसंख्यक जनताले मन पराउने काम र कुराले मात्र लोकप्रिय भइन्छ । राष्ट्रपति बन्न र बनाइने व्यक्तिको विगत जीवन र उसको भुईतहको स्थिति राम्ररी नियाल्नु पर्छ । राष्ट्रपति बन्ने र बनेको व्यक्तिलाई सम्पूर्ण देशबासीले एक टक लगाएर हेरेको हुन्छ । सबै क्षमता हुँदा हुँदै एउटै मात्र विगतको एउटा गम्भीर कमजोरी वा दोष भारी पर्छ । यस मामलामा साम्राज्यवादी भनिने देशका नेताको नैतिकता उदाहरणीय हुन्छ । ती देशमा देशको उच्चस्तरको जिम्मेवारी सम्हाल्ने वा पाउने अवस्थामा उसको व्यक्तिगत र पारिवारिक जीवनको नैतिकतालाई बहुत ख्याल गरिन्छ । अझ त्यसमा पनि कम्युनिस्ट नैतिकता त धेरै माथिको हुन्छ हुँदोहो र हुनेछ ।

नेपालको आमूल परिवर्तनको आरम्भिक अभियानमा लालाबालालाई समेत अरुकै रेखदेखमा छाडेर आन्दोलनमा लाग्ने कुरा उहिले मात्रै होइन अहिले पनि कसैले गर्न त परै जाओस् सोच्न पनि सक्तैन । वैभवयुक्त माइती घर परित्याग गरेर बलिदान र अक्करको बाटो हिड्न सजिलो हुन्छ ? पार्टीमै गरेका लगानीको हिसावले पनि यस्ता नेता र नेतृको महत्व र उपादेयता महानतम छ र हुन्छ । त्यसमा पनि अरुहरु नेता र नेतृलाई संसदीय जिम्मेवारी प्रदान गर्न तयार रहने नेता अहिले कहाँ पाइन्छ ? घरपरिवार सहित आन्दोलनमा होम्नु चानचुने कुरा हो र ? पार्टीले कुनै पनि काम गर्दा त्यसलाई अधिकांशले अनुकरणीय ठानून् । कुनै व्यक्तिमा एकसाथ तीनवटा संस्कृतिको समिश्रण देखिन्छ र हुन्छ ।

जसमा जातिगत थर र गोत्रगत संकीर्णताको अभाव छ, सरदर मानिस भन्दा उन्नत र उदात्त चेतको छ, उसको सामाजिक राजनैतिक तथा नैतिक व्यक्तित्व पनि बेदागी छ । निष्कलङ्क छ । ससना कमजोरी होला तर चन्द्रमा झैँ टलल छ, आकास जत्रिकै फराकिलो छाती छ । आफू्रमात्र जेठो बाठो भन्ने घमण्ड छैन । मिजास र मिलनसारिता छ । जबज अनुसार जनताको मन जित्ने खालको बानी बेहोरा, र बोलीचाली छ । जबज अनुसारको जीवनशैली निर्माण गरेको छ । सादा जीवन उच्च विचारको छ । हेर्दै भद्र र शालीन छ । लेखक मिथिला पोखरेलले अष्टको आदर्श भनेर एक लेख नै लेखेकी थिइन् । सम्पूर्ण महिला जगत् उत्साहित हुने तिनमा समेत जागरण र जगृतिको देशव्यापी माहौल तयार हुने मात्र होइन उहाँ सम्बद्ध सांस्कृतिक समुदायमा पनि उत्साहको व्यापक तरङ्गको रङ्ग भर्ने क्यानभास छ भने त्यस्ता सत्पात्रले मौका पाउँदा देशको माहौल उत्साहित हुन्छ । यस लेखकले केन्द्रीय सदस्य खगेन्द्र राई प्रमुख रहेको संस्कृति विभागले गरेको एक विशिष्ट कार्यक्रममा एक विषय उल्लेख गरेको थियो । त्यो के भने एमाले जत्तिको सबै तह तप्का र प्रतिभाको पार्टी दक्षिण एसियामा नै छैन तर यो र यसका नेता चार तिर फर्किएका छन् । यो पार्टीमा कतिपय कुरामा निजी असहमति भए पनि समग्र पार्टी एक ताल,लय र सुरमा हिड्ने हो भने यो विलक्षण हुन्छ । तर यहाँ त देश,जनता र जनजीविकाको स्वार्थ भन्दा नितान्त निजी र अझ अनेक खालका संकीर्णता व्याप्त छ । यसले गर्दा विगत निर्वाचनमा १० बटा संघीय प्रतिनिधि संसदमा हार व्यहोर्नु परेको लेखाजोखा यस लेखकले राखेको छ । हुँदाहँुदा इलाम जिल्लामा उम्मेद्वार सरह निर्वाचनमा दौडधूप नगरेको भनेर कतिपय प्रदेश स्तरका इमान्दार नेताहरुलाई जिल्ला तहको समितिले स्पष्टीकरण सोधेको दयनीय दृश्य देखियो । निर्वाचन प्रचारका लागि खास कुनै जिम्मेवारी नदिएपछि उसले आफ्ना हिसावले प्रचार गर्छ नि त । अनि अनेक बहानामा अन्तर्घात गरेको भनेर व्यर्थमा आरोपित गर्नै सुहाउँछ ? नाच्न जान्दैन आँगन टेडो भनेझैँ यस लेखकले पनि देखेको छ । राजाकाजी जस्तो बेहोराले चुनाव सहज तरिकाले जितिँदैन । माथिल्लो तहका नेताको ठाडो निर्देशन र परिचालनमा यस्ता काम हुन्छन् भन्ने यस लेखकलाई थाहा छ ।

संयोगले एउटा कार्यक्रममा म समेत सहभागी थिएँ । त्यहाँ एक नेता आए तिनलाई देख्ने बित्तिकै त्यहाँ भेला भएका सबै ठूला मझौला नेता जुरुक्क उठे । म नउठेपछि तिनले मलाई कर्के नजर लगाए । म तीन छक्क परेँ । कुनै पनि नेतासित आदरपूर्ण व्यवहार नै गरिन्छ र गर्नु पर्छ तर जहाँ तहाँ आफूलाई निक्कै तलपारेर भुईँमा लतारिने स्वभाव कम्युनिस्ट पार्टीमा कदापि सुहाउँदैन र गर्नु गराउनु पनि हुन्न । महाराजको पार्टीमा भने सुहाउला । अनि महाराज झैँ संस्कार र स्वभाव विकास गरे पछि जनस्तरमा भिज्न मिल्न निक्कै गाह्रो ह्ुन्छ र यस कारणले पनि भोट घट्न सक्छ । यो कुनै पनि नेताले बेलैमा बुझ्नु पर्छ । थारो गाई र दुधालु भए पनि जहिले तहिले लात्ती हान्ने गाईलाई कसैले मन पराउँदैनन् । आफ्नै बाछा र पाडाले पनि भोट दिँदैनन् । महिलामा पुरुषका तुलनामा केही अपवाद छाडेर प्रायः कुनै पनि खाले खासै अहं,अहंकार मपाइँत्व र आग्रह हुँदैन । तिनमा नैसर्गिक रुपमा मातृत्व र ममता हुन्छ । तिनले केही अपवाद छाडेर कुनै पनि खाले बदलाको भावना पनि राख्तैनन् किनकि तिनी आमा हुन् र तिनले आफ्नै आमा माथि कुनै पनि खाले दुर्भाव राख्तिनन् । पार्टीमा हामी प्राध्यापक वकिल आदि अनेक पेसा सहितका नेता र कार्यकर्ता पनि छौँ । तर सबै कुरा पार्टीमा न्यौछावर गर्ने नेता र कार्यकर्ताका बराबर जागिरे कम्युनिस्टहरु हुन सक्रैनन् । पार्टीका जरा र जराकिलाको विशेष महत्व हुन्छ । यसका कुरामा जोसुकैले निष्पक्ष रुपमा हेर्न सक्नु पर्छ । यसरी हेर्दा अष्टलक्ष्मी शाक्य राष्ट्रपतिकमा पहिलो प्राथमिकतामा पर्नु सर्वोत्तम हुन्छ ।