९ जेष्ठ २०८१, बुधबार 1716410455
Banner

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज छलफल हुँदै

काठमाडौं-गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसँग जोडेर सर्वोच्च अदालतमा दर्ता भएको रिटमा शुक्रबार छलफल हुँदैछ ।

लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्चमा रिट दायर गरिएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी नभएपछि लामिछानेलाई शपथ लिनका लागि बाटो खुलेको थियो ।

आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।

अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ । अन्तरिम आदेश जारी नहुँदा उनको पद यथास्थितिमै रहन्छ ।