९ जेष्ठ २०८१, बुधबार 1716407733
Banner

सत्ता साझेदार दलले न्युनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने

काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।

आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ ।

यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम दुईदिन भित्र टुंगो लगाउने निर्णय गरेको थियो ।