१४ बैशाख २०८१, शुक्रबार 1714165003
Banner

स्ववियू निर्वाचन चैत ५ गते गर्न प्रस्ताव

काठमाडौं – त्रिभुवन विश्वविद्यालय(त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद परिषदले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न प्रस्ताव गरेको छ। शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गरेपछि त्रिविले स्ववियु कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।

यसअघि चैत २८ गते गर्ने गरी सहमति जनाइएको थियो । तर, लगातार ३४ दिन विदा भएको ५ गते गर्ने गरी सिफारिस गरेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिनुभयो। 

त्रिविका तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएपछि त्रिविले फागुन १४ मा गर्ने गर्ने तयारी गरेको थियो। त्रिविले यसका लागि आंगिक क्याम्पसहरूलाई तयारी गर्न भनेको थियो। 

तर, त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो। तर,फेरि समय धकेलिएको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले चैत ५ गते स्ववियु चुनाव गर्न आफूहरू तयार रहेको जानकारी दिए।

१४ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन।