१३ बैशाख २०८१, बिहीबार 1714065983
Banner

शेखर–गगन समूहको बैठक बस्दै, केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ । 

पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै काँग्रेसले पुस २८ गतेका लागि बैठक सारिएको जनाएको छ। नेपाली काँग्रेस सत्ताबाट बाहिरिएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्‍याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै काँग्रेसमा तीव्र असन्तुष्टि बढेको छ । 

सभापति शेरबहादुर देउवालाई सत्ताबाट बाहिरिनुपरेको आरोप डा.शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । शेखर–गगन समूहको बैठक आज बस्ने भएको छ । 

इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने बुझिएको छ ।