८ बैशाख २०८१, शनिबार 1713630816
समाचार

सुनसरीमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घले मनायो स्थापना दिवस

काठमाडौं । राष्ट्रिय जन सांस्कृतिक महासङ्घको ३५ औँ जन्म उत्सव सुनसरी महासंघले विचार गोष्ठी सहित कार्यालय स्थापना गरेर मनाएको छ ।

महासंघ, सुनसरीका अध्यक्ष गायिका विद्या घिमिरे कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रम्ुख अतिथि प्रदेश संस्कृति विभागका प्रम्ुख प्रा.डा. बद्रीविशाल पोखरेलले यस क्षेत्रलाई गतिशील बनाउन कम्तीमा बत्ती बाल्नु् पर्ने र बत्ती बालेपछि पुतली झुम्मिन्छन् भन्दै यस क्षेत्रमा उपल्लो र माथिल्लो तहमा नेतृत्वगत समस्या नै अत्यन्त गम्भीर रहेको बताउनुभयो । डा. पोखरेलले प्राप्त जिम्मेवारी अनुसार काम नगर्नु गम्भीर समस्या रहेको बताउँदै एमाले प्रदेश पार्टीले पनि सम्बद्ध जन संगठनहरुलाई वर्ष भरिमा केही न केही सिर्जनात्मक काम गर्नै पर्ने कुरामा कार्ययोजना माग गर्नु पर्ने उल्लेख गर्नु भयो । र त्यस अनुसार काम गरे नगरेको अनुगमन गरे मात्र यस क्षेत्रमा सिन्को भाँचिने बताउनु भयो । नत्र काम गरे नगरे पनि हुने अवस्था आउँदा जन संगठनहरु मृतप्रायः हुनसक्ने तर्फ स्पष्ट उल्लेख गर्नु भयो ।

कम्तीमा यस प्रदेशमै सुनसरीले स्थापना दिवस मनाएकामा आयोजकलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो । विद्या घिमिरे कार्कीले राष्ट्रिय जनसांस्कृतिक महासङ्घ र हाम्रो दायित्व विषयमा लिखित मन्तव्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सुनसरी पार्टी सदस्य तथा सांस्कृतिक इन्चार्ज प्रसिद्ध लोकगायक बालकृष्ण कार्कीले स्रष्टाहरुको उत्थानमा पार्टी सदा साथमा रहेको बताउनुभयो । कार्यक्रममा महासंघ र अन्य घटक संस्थाका केन्द्रीय तथा प्रदेश सदस्यहरु ओम विक्रम ओझा, दुर्गा पराजुली, हीरा ओझा, नगेन्द्र कटुवाल, तीर्थराज भट्टराई, प्रलेस, अध्यक्ष टीका मिलन र रमेश धमला लगायतले आआफ्ना विचार व्यक्त गर्नुृ भएको थियो ।