१९ बैशाख २०८१, बुधबार 1714621547
विश्व

काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र यहाँ पश्चिमी क्षेत्रको तुलनामा विरलै हिंसात्मक घटनाहरू हुने स्थानका रूपमा लिने गरिन्छ ।

मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो भागलाई नियन्त्रण गर्दछ । काश्मिरमा करिब ५० लाख भारतीय सैनिक तैनाथ छन् र यसको दक्षिणी भाग जम्मुमा अधिकांश हिन्दू र तुलनात्मक रूपमा शान्तिपूर्ण छ । तर भारत विरोधी विद्रोहीको आशङ्कामा दुई बन्दुकधारीले आइतबार दुर्गम गाउँ डाङ्ग्रीका घरहरूमा गोली चलाउँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरी अधिकारी मुकेश सिंहले सञ्चारकर्मीहरूलाई बताउनुभयो । काश्मिरलाई भारत र पाकिस्तानबीच विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) नजिकको क्षेत्रमा प्रहरी र सुरक्षा बलले आक्रमणकारीको खोजी कार्य सुरु गरेका बताइएको छ । सोमबार एउटा घर नजिकै भएको विस्फोटमा परी सात वर्षीय बालक र अर्का एक व्यक्तिको मृत्यु भएको नाम नबताउने शर्तमा अर्का एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

नजिकै एउटा विस्फोट नभएको विस्फोटक पदार्थ पनि फेला परेको र विशेषज्ञ टोलीले त्यसलाई निस्क्रिय पारेको अधिकारीहरूले बताएका छन् । जम्मु शहरको एक चेकप्वाइन्टमा सरकारी सेना र संदिग्ध विद्रोहीबीच बुधबार भएको गोली हानाहानपछि केही व्यक्तिको मृत्यु भएको थियो । प्रहरीका अनुसार चार जना संदिग्ध विद्रोहीको मृत्यु भएको छ भने ट्रकका चालक फरार छन् । अधिकारीहरूका अनुसार गत वर्षभरी काश्मिर क्षेत्रमा भएका भिडन्तमा कम्तीमा १७२ जना संदिग्ध विद्रोही र २६ जना सशस्त्र बलका जवान मारिएका थिए । भारतीय काश्मिरमा पाँच वर्षभन्दा बढी समयदेखि निर्वाचित सरकार छैन र सन् २०१९ देखि नयाँ दिल्लीको प्रत्यक्ष नियन्त्रण छ । भारतले नियमित रूपमा पाकिस्तानलाई विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ, तर इस्लामाबादले यसको खण्डन गर्दै आएको छ । पाकिस्तानका अनुसार उसले आत्मनिर्णयको अधिकारको लागि कश्मीरको संघर्षलाई कूटनीतिक समर्थन मात्र प्रदान गर्दछ ।